प्रतिनिधिसभा पुनर्स्थापनाको विभिन्न राजनीतिक दलका नेताहरुबाट स्वागत « Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनाको विभिन्न राजनीतिक दलका नेताहरुबाट स्वागत


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठनलगायतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् ।

विभिन्न राजनीतिक दलका नेताले फैसलाको स्वागत गर्दै अदालतले संविधानको मर्म र भावनानुसार फैसला गरेर लोकतन्त्र बचाएको उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फैसलाको स्वागत गर्दै लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् ।

फैसलापछि विज्ञप्ति जारी गर्दै उनले देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको जनाउनुभएको छ । उनले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताका हितमा उपयोग गरेर जान आग्रह गरेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । उनले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए ।

उनले भने, “संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु ।” उनले आफू, पार्टी र गठबन्धनका तर्फबाट सबैमा बधाई ज्ञापन गरेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले फैसलाले अदालतको गरिमा झन् बढाएको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतको आदेशसँगै ‘प्रतिगमनका यात्रामा ब्रेक लागेको’ बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला गर्दै आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ । यस्तै प्रतिनिधिसभाका १४९ सांसदको समर्थन रहेका शेरबहादुर देउवालाई दुई दिनभित्र संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

वर्तमान सरकारले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । यसअघि पनि सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको दुई पटकको कदमलाई असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसमा पुनर्स्थापना गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ४५ बजे

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल