विपक्षी गठबन्धनबाट अलग हुने एमाले नेपाल समूहको घोषणा | Khabarhub Khabarhub

विपक्षी गठबन्धनबाट अलग हुने एमाले नेपाल समूहको घोषणा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले अलग हुने घोषणा गरेको हो ।

पार्टी एकताका लागि एक खालको सहमति भएको छ बताउँदै नेता नेपालले गठबन्धनबाट अलग हुने आशय देखाएका थिए ।

बैठकपछि एमाले नेता रघुजी पन्तले अहिले नयाँ परिस्थीतिको सिर्जना भएकोले अब सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय एमालेको स्थायी कमिटि बैठकले गर्ने जानकारी दिए ।

उनले एमाले एकता जोगाउन समेत पहल गर्नुपर्ने अवस्था रहेकाले पहिला एमाले एकता जोगाउन काम गर्ने बताए ।

उनले भने,‘सरकारमा जाने विषयमा पार्टीको स्थायी कमिटिको बैठक बस्ला, त्यहाँ छलफल होला। औपचारिक निर्णयपछि सरकारमा जाने वा प्रमुख प्रतिपक्षमा रहने भन्ने कुरा निर्णय हुन्छ । नेकपा एमाले एउटै छ ।’

एमाले एकता जोगाउनका लागि हिजोमात्रै १० बुँदे सहमति जुटिसकेको अवस्थामा अब गठबन्धनमा एमालेको नेपाल समुह नरहने उनले बताए ।

उनले भने,‘विश्वासको मत दिने वा नदिने भन्ने कुरा अहिले भन्न चाहन्न । अहिलेको अवस्थामा गठबन्धनमा निरन्तर हुन सक्ने अवस्था रहन्न । पहिला पार्टी एकतावद्ध बनाउँछौं । अनि राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्ने भन्ने निर्णय गर्छौँ ।’

बैठकमा एमाले नेता नेपालले कांग्रेस सभापति देउवालाई सबैलाई समेटेर समस्या समाधानका लागि प्रयत्न गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ११ बजे

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने

काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र

गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भोलीबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको

हिमाको ८० प्रतिशत घरमा धारा जडान

जुम्ला- करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी