बजारको पहुँच किसानलाई समस्या  « Khabarhub

बजारको पहुँच किसानलाई समस्या 


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पुर्‍याउन कठिनाइ रहेको किसानको गुनासो छ ।

भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका– ५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दूध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ । ‘विगत लामो समयदेखि पशुपालन गर्दै आएको छु । मेरोमा दैनिक आठदेखि १० लिटर दूध उत्पादन हुन्छ, तर बजार नहुँदा मही पारेर नै खपत गर्नुपरेको छ’, उनले भने, ‘यहाँ उत्पादन भएको दूधलाई बाह्य बजारसम्म लैजाने व्यवस्था भएमा मजस्ता स्थानीय किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।’

केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनत अनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ ।

सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दूध बिक्री गर्दै आएका छन् । (रासस)

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ५३ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न