कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म महाधिवेशन गरिसक्ने विकल्पमा पार्टी जान सक्नेछ ।

केही कानून व्यवसायीहरुले पनि यस्तो गरेमा पार्टीको बैधतामा खासै अप्ठ्यारो नपर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति लिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले पनि भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नदेखिएकोले महाधिवेशनलाई कहिले र कसरी भन्नेबारे केन्द्रीय समितिमार्फत टुंग्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ५५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र