नामिबियाद्वारा ५७ वटा हात्ती बिक्री « Khabarhub

नामिबियाद्वारा ५७ वटा हात्ती बिक्री


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ ।

खुला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भएपनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए।

उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो।

‘बिक्रीका लागि राखिएका हात्तीमध्ये १५ वटा नामिबियाभित्र नै बिक्री भएको छ भने अरू ४२ वटा निर्यात गरिने भएको छ,’ मुयुन्डाले भने ।

बिक्री गरिएका हात्ती समात्ने काम भने यही महिनादेखि शुरू हुने र त्यसपछि मात्रै सम्बन्धित क्रेतालाई हस्तान्तरण गरिने प्रवक्ता मुयुन्डाले जानकारी दिए।

हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन्।

हात्तीले मानव जीवनमा नकारात्मक असर पारेको, मानवीय क्षति गरेको लगायतका कारणले हात्ती नियन्त्रण गर्नुपर्ने आवाज उठेको थियो।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : ५५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै