डाका मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

डाका मुद्दाका फरार अभियुक्त पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाका मुद्दामा ५ वर्षदेखि फरार एक युवकलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई बुधबार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार जिल्ला अदालत काठमाडौंले उनि विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाका गर्ने अर्जुनविरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो ।

उनीसहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

अहिले प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई कारागार पठाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ५५ बजे

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु