अबैध सुनसहित तीन जना पक्राउ « Khabarhub

अबैध सुनसहित तीन जना पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समीर सिजापती छन् ।

जिल्ला प्रहरी कर्यालयका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।

अहिले उनीहरूमाथि थप अनुसन्धान र रबाहीका लागि सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ५५ बजे

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु