ऋण लिनु वा दिनु अघि जान्नैपर्ने कुरा, नत्र हुदैँन फिर्ता « Khabarhub

ऋण लिनु वा दिनु अघि जान्नैपर्ने कुरा, नत्र हुदैँन फिर्ता


२८ श्रावण २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कहिंलेकाही जीवनमा आएका बिभिन्न बाध्यता र समस्याबाट बच्न मानिसले अरुबाट आर्थिक सहायता लिने गर्दछ । यसरी बाध्यतामा मानिसले लिने उधारो वा ऋण कतिपय अवस्थामा समयमा तिर्न सकिँदैन । परिचित, अपरिचित वा बैंक लगायतका संस्थाबाट लिएको आर्थिक कारोबार समयमा तिर्न नसकिएमा मानसम्मानमा समेत ठेस पुग्न सक्छ ।

यतिमात्र होइन कतिपय अवस्थामा आफुले दिएको ऋण पनि समयमा फिर्ता आउँदैन । कसैलाई गरेको आर्थिक सहयोग फिर्ता नहुदाँ दिने मानिस समेत अप्ठेरोमा पर्ने गर्दछ ।

समयमा फिर्ता नआउने मात्र होइन, कहिलेकाहिँ दिएको रकम डुब्न समेत सक्छ । यस्तो अवस्थाबाट बच्न ज्योतिषले केही उपाय सुझाएका छन् । पैसाको उधारो वा लेनदेन गर्नुअघि केही कुराको पालना गरेमा सयमा रकम फिर्ता पाउने र ऋण समेत तिर्न सकिने धार्मीक मान्यता छ ।

पैसाको कारोबार गर्दा हमेशा ध्यान दिनुपर्दछ, कि कारोबारको दिन बुधबार नहोस् । यस दिन भुलेर पनि कसैलाई पैसा दिन नहुने धार्मीक विश्वास छ । अन्यथा बुधबार दिइएको आर्थिक सहयोग, ऋण वा उधारो अत्यन्त मुस्किलले मात्र फिर्ता हुनसक्छ । कतिपय अवस्थामा त फिर्ता नहुन पनि सक्छ ।

यस्तै आफुले अरु कोहिसँग पैसा लिनु परे वा सापटी लिदाँ भुलेर पनि मंगलबार लिनु हुदैन । यस दिन लिइएको उधारो वा ऋण फर्काउन मुस्किल पर्न सक्छ । मंगलबार लिइएको ऋण बर्षाै वा अर्काे पिढिसम्म तिर्न ग्राहो हुनसक्ने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : १५ बजे

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु