यी समान र तरकारी फ्रिजमा नराख्नुहोस् « Khabarhub

यी समान र तरकारी फ्रिजमा नराख्नुहोस्


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा तरकारी, फलफूल र पकाएका खाना छिटो–छिटो बिग्रिने गर्दछ । त्यसैले सकेसम्म यी चिज नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गरिन्छ । तर, केही यस्ता केही खाना, तरकारी तथा फलफूलहरु छन्, जुन फ्रिजमा राख्दा झन् खराब हुने गर्दछ ।

गोलभेँडा
धेरैले गोलभेँडालाई फ्रिजमा राख्ने गर्दछन् । तर फ्रिजमा राखेको गोलभेँडाको प्राकृतिक स्वाद खराब बन्न जान्छ । साथै चिसोपनाले यसको भित्री झिल्ली मार्छ र चाँडै गिलो बनाइदिन्छ ।

अचार
अचारमा अमिलोपन बढी हुन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नुभन्दा भान्सा कोठामै राख्नु राम्रो हुन्छ । अचारलाई फ्रिजमा राख्दा अन्य समान पनि बिग्रिन सक्छ ।

आलु
फ्रिजमा कहिल्यै आलु राख्नु हुँदैन । चिसोले आलुमा भएको पोषण तत्व स्टार्च ग्लुकोजमा परिवर्तन हुन्छ । जसले आलुको प्राकृतिक स्वाद हराएर गुलियोपन बढ्दछ । जो स्वाद र स्वास्थ्य दुवैका लागि ठीक हुँदैन । आलु बोरामा ओछ्याएर सुक्खा ठाउँमा राख्नु राम्रो हुन्छ ।

लसुन
लसुन पनि फ्रिजमा राख्नु हुँदैन । धेरै चिसोमा राखेको लसुनको पोषण तत्व नष्ट हुन्छ । लसुन पनि आलुजस्तै सुक्खा स्थान मै राख्नु राम्रो हुन्छ ।

तुलसी पत्ता
तुलसी पत्ताको हरियोपना कायम गर्न फ्रिजमा राख्ने चलन छ । तर, चिसोमा तुलसी पत्तामा पाइने औषधिको मात्रा रहिरहन सक्दैन । यसलाई पानीमा डुबाएर बाहिरी वातावरणमै राख्दा राम्रो ।

प्याज
प्याजमा केही चिसोपन हुन्छ । त्यसैले फ्रिजमा राख्दा ढुसी पर्ने खतरा रहन्छ । प्याज सुक्खा तथा अँध्यारो स्थानमा राख्नु राम्रो हुन्छ ।

ब्रेड
ब्रेड खराब होला भनेर धेरैले फ्रिजमा राख्ने गरेको पाइन्छ । तर, यो गलत तरिका हो । फ्रिजमा राखेको ब्रेडको सुक्खापन हटेर चाँडै ढुसी लाग्ने सम्भावना हुन्छ ।

सलाद
सलादमा तताएको तेल मिसाएर राखिएको छ भने फ्रिजमा भुलेर पनि नराख्नुहोला । तातो र चिसो मिल्दा सलाद बिग्रिने सम्भावना हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ११ : ३५ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर