नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब « Khabarhub

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ७९ लाख ९७ हजार ८०० बराबरको कारोबार भयो । कामना सेवा विकास बैंक रु ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल रु ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक रु ४१ करोड ५८ लाख ४५ हजार ९४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका अनुसार आज विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै पाँचथर पावर कम्पनी ३.९९, आइसिएफसी फाइनान्स ३.८९, ओरियन्टल होटल ३.८२,सारथी नेपाल लघुवित्त ३.५३ र तारागँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार ५११ बराबर पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ०१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट