कांग्रेस बैठक : निर्वाचन समितिको निर्देशिकामाथि छलफलपछि महाधिवशेनको नयाँ कार्यतालिका | Khabarhub Khabarhub

कांग्रेस बैठक : निर्वाचन समितिको निर्देशिकामाथि छलफलपछि महाधिवशेनको नयाँ कार्यतालिका


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएपछि मात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन नसकेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ ।

बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका हुन् ।

त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशील छानविन समितिको प्रतिवेदन नेता रमेश लेखकले पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउने बताए ।

यसअघि तय भएको भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : ०१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार