लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ | Khabarhub Khabarhub

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ शपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्।

केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेसका तर्फबाट

डिल्ली चौधरी, सहरी तथा ग्रामीण विकासमन्त्री

माओवादी केन्द्रबाट

कृष्णध्वज खड्का, आर्थिक मामिला तथा योजनामन्त्री

जनता समाजवादी पार्टी

सहसराज यादव, भौतिक पूर्वाधारमन्त्री

स्वतन्त्र सांसद

अजय शाही, बिनाविभागीय

जनता समाजवादी पार्टीबाट

पुर्मती डेंगा, बिनाविभागीय
सुमन शर्मा रायमाझी, बिनाविभागीय

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : १२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी