शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण : महानिरीक्षक क्षेत्री  « Khabarhub

शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण : महानिरीक्षक क्षेत्री 


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षेत्रीको भनाइ छ ।

९ करोड ३६ लाख ६७ हजार १२० रुपैयाँको लागतमा कार्यालयसहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्षलगायत संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पुर्‍याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : ३६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर