‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजार बढीलाई वितरण | Khabarhub Khabarhub

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजार बढीलाई वितरण


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।

नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउने प्रहरीले उक्त अभियानलाई पुनः प्रभावकारी बनाउन थालेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

“सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले ७७ वटै जिल्लामा अभियान कै रुपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कोभिड–१९ को वृद्धिसँगै तेस्रो भेरियन्ट आउनसक्ने चेतावनीका बीच मुलुकभर नै सचेत हुन सरकारले नागरिकसँग आग्रह गरेको छ ।

प्रहरीका अनुसार आज कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने २५७ लाई रु २५ हजार ७०० जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ हजार ८९७ लाई सचेत गराइ छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहित २९९ कार्यक्रममार्फत ५८ हजार २८२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियान कै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन नसकिरहेका बेला पुन अभियानलाई तीव्रता दिइएको छ । नेपाल सरकारले पनि सही रुमपा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबार मात्रै ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : १५ बजे

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न