जित हासिल गर्नका लागि मेलमिलाप गराउने व्यक्ति बन्नुस् « Khabarhub

जित हासिल गर्नका लागि मेलमिलाप गराउने व्यक्ति बन्नुस्


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि बोससित जुनियरको सम्बन्धमा कुनै गडबढी आयो भने तपाई जुनियरलाई सान्त्वना दिनुहोस्, खुसी तुल्याउनुहोस्, प्रोत्साहित गर्नुहोस् तथा प्रेरित गर्नुहोस् । बोससित अलग किसिमको व्यवहार गर्नुपर्दछ । सबैभन्दा राम्रो तरिका मौन तर मेलमिलापको काम हो— उसको लागि चिया बनाउनु, तर केही पनि नभन्नुहोस् । यसले तपाईं के संकेत दिइरहनुभएको छ भने तपाईंलाई त्यो घटना मन परेन । यसप्रकारको मामिलामा तपाईं ती भन्दा सिनियर सावित हुनुहुनेछ किनकि तपाईं कहिल्यै पनि यस्तो गल्ती गर्नुहुन्न । तपाईं यो संकेत पनि दिइरहनुभएको छ कि तपाईं उसको कुनै पनि क्रियाकलापले डराउनुहुन्न । तर शान्त रहनुहोस् ।

यदि तपाईं यसो ज्यादै राम्रो तरिकाले गर्नुहुन्छ भने उसले तपाईंलाई के सोध्न मजवुर हुन्छ भने उसको कसैलाई अनुशासित गर्ने व्यवहार कस्तो लाग्यो । बस भन्नुहोस्— म यसो कसरी भन्न सक्छु ? यसमा उसको जवाफ यस प्रकारको हुन्छ, म तिम्रो रायलाई महत्व दिन्छु, या दिँदिनँ, म जान्न चाहन्छु वा ठीक बताऊ कि तिमी के सोच्छौँ ? बोसले के भन्छ भन्ने कुराले केही फरक पर्दैन । तपाईंले उसलाई फसाइरहनुभएको छ ।

अब तपाईं मेलमिलाप गराउने व्यक्ति बन्न सक्नुहुन्छ । मेलमिलाप गराउनेको अर्थ केही हदसम्म बच्चाको लडाइँ समाप्त गराउनुजस्तै हो । तपाईं लडाइँ कसले शुरु गर्‍यो तथा यो के बारेमा हो भन्ने जान्न चाहनुहुन्न । तपाईं विस्तृत विवरण जान्न चाहनुहुन्न कि कसले कोसित कसरी लडाइँ गर्‍यो ? तपाईं केवल झगडा समाप्त भएको, शान्ति स्थापित भएको उसले हात मिलाएको तथा पुनः साथी भएको हेर्न चाहनुहुन्छ । अफिसमा पनि तपाईं यति चाहनुहुन्छ । तपाईं साना केटाकेटीसँग जुन तरिकाको प्रयोग गर्नुपर्छ, अफिसमा पनि त्यसको प्रयोग गर्नुहोस् ।

साभार  : तपाईंको जीतपुस्तकबाट

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ४५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक