पेरूको साइनिङ पथ आन्दोलनका नेता गोन्जालोको निधन « Khabarhub

पेरूको साइनिङ पथ आन्दोलनका नेता गोन्जालोको निधन


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालीन सरकारले पक्राउ गरी आजीबन काराबासको सजाय सुनाएको थियो ।

यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढीको गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो ?

विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए ।

सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो ।

एक दशकको युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले  सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ४० बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको