प्रदर्शनमा उत्रिएका चार जनाको तालिबानद्वारा हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग | Khabarhub Khabarhub

प्रदर्शनमा उत्रिएका चार जनाको तालिबानद्वारा हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ ।

तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

प्रदर्शनकारीमाथि भएको आक्रमण र दमन रोक्न राष्ट्रसंघले अफगान सरकारसमक्ष माग गरेको छ ।

‘अधिकार माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका व्यक्ति र उनीहरुको समाचार लेख्ने सञ्चारकर्मीमाथि गरिएको दमन र पक्राउ तत्काल रोक्न आह्वान गछौं,’ राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चआयुक्तका प्रवत्ताले एक विज्ञप्तिमा भनेकी छिन् ।

अफगानिस्तानका विभिन्न प्रान्त नियन्त्रणमा लिएका तालिवानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेका थिए । लगत्तै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सेना स्वदेश फर्काउन थालेको थियो । दुई सातामा एक लाख बीस हजार जनाले काबुल छोडेका थिए ।

यसैबीच, राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशतमा पर्याप्त खानाको अभाव भएको जनाएको छ । अफगानिस्तानको सम्पूर्ण जनसंख्या गरिबीमा धकेलिन सक्ने वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : १० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको