गृहको अध्ययन टोली हुम्लामा, ‘सीमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष काठमाडौंमा « Khabarhub

गृहको अध्ययन टोली हुम्लामा, ‘सीमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष काठमाडौंमा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्चा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् ।

गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका-५ र ६ रहेका ‘विवादमा परेका’ ११ र १२ नम्बर पिलरसहित अध्ययन गरिँरहदा सोही गाउँपालिकाका अध्यक्ष लामा भने काठमाडौंमा छन् ।

‘गृह मन्त्रालयको टोलीले मलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । तर हुँदै नभएको सीमा विवादमा पुनः अध्ययन गर्न जान मन लागेन,’ अध्यक्ष लामाले भने, ‘मैले पनि स्थलगत अध्ययन गरेको छु र सन् १९६२ मा भएको सम्झौता अनुसार पानी ढलोलाई आधार मान्दा कतै सीमा मिचिएको देखिँदैन ।’

अध्यक्ष लामाले सरकारी टोली हुम्ला गए पनि आवश्यक सहयोग गर्ने जनाए पनि असन्तुष्टी भने जाहेर गरेका छन् ।

सीमाजस्तो विषयमा सरकार फेरिए पिच्छे धारणा बनाउनु गलत हो, यसले कुटनीतिक क्षेत्रमा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘तत्कालीन प्रजिअको टोलीले स्थलगत अध्ययन गरी सिमा नमिचिएको प्रतिवेदन दिएकै आधारमा यसअघिको सरकारले धारणा प्रस्ट पारिसकेपछि फेरि किन अध्ययन समिति बनाएको हो ? मैले बुझन सकिएको छैन ।’

हुम्लामा फेरि सरकारले सीमा विवाद झिकिएपछि अध्यक्ष लामा भने असन्तुष्ट छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : २५ बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको