विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक  « Khabarhub

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक 


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ ।

कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ ।

बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

‘दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ ।’

उनले सम्भवतः आजै ललितपुर र भक्तपुरमा पनि डिसिसिएमसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए । तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारेमा निर्णय गरिने पनि उनले जानकारी दिए ।

गत सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न सक्ने निर्णय गरेको थियो । असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयले अभिभावक र विद्यार्थीलाई अन्योलमा पारेको छ ।

दसैँको मुखमा अधिकांश विद्यार्थी गृहजिल्लामा भएकाले विद्यालय खुल्दा अफ्ठेरो हुने अभिभावकले बताएका छन् । गृहजिल्ला गएका विद्यार्थीका अभिभावकले भने दसैँपछि मात्रै विद्यालय खोल्न माग गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : १० बजे

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’