बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित « Khabarhub

बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् ।

बहराइनको नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच ) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् ।

एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै त्यहाँ कार्यरत नेपाली, भारतीय र अन्य केही मुलुकका श्रमिक आन्दोलनमा उत्रिएको एक नेपालीले बताए  ।

उनीहरुलाई शनिबार प्रहरी बोलाएर कम्पनीको व्यवस्थापन पक्षले काममा नगएको भन्दै कुटपिट गरेको एक भारतीय कामदार इस्माइल खानले बताए ।

कम्पनी खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर उनीहरुले अन्दोलन गरेपछि त्यहाँको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकहरुलाई काम फर्काउने प्रयास गरिरहेका छन् ।  नोगा क्याम्पमा करिव ७ सय नेपाली श्रमिक कार्यरत छन् ।

नेपाली श्रमिकहरुलाई संयमित हुन् त्यहाँस्थित नेपाली दूतावासको आग्रह गरेको छ ।

दूतावासले शनिबार साँझ एक विज्ञप्ति गर्दै कम्पनी व्यवस्थापन र कामदारबीच भएको विवादलाई समाधानार्थ नेपाली दूतावासले बहराइन सरकार, रोजगारदाता कम्पनी एवंम कार्यरत कामदारहरुबीच छलफल तथा वार्तापश्चात समस्या समाधानको प्रारम्भिक खाका सबै कामदार माझ बहराइन सरकारले राखेको र त्यसमा सबैको सहमति भएको भन्दै आन्दोलन नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ४० बजे

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण