बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित | Khabarhub Khabarhub

बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् ।

बहराइनको नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच ) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् ।

एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै त्यहाँ कार्यरत नेपाली, भारतीय र अन्य केही मुलुकका श्रमिक आन्दोलनमा उत्रिएको एक नेपालीले बताए  ।

उनीहरुलाई शनिबार प्रहरी बोलाएर कम्पनीको व्यवस्थापन पक्षले काममा नगएको भन्दै कुटपिट गरेको एक भारतीय कामदार इस्माइल खानले बताए ।

कम्पनी खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर उनीहरुले अन्दोलन गरेपछि त्यहाँको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकहरुलाई काम फर्काउने प्रयास गरिरहेका छन् ।  नोगा क्याम्पमा करिव ७ सय नेपाली श्रमिक कार्यरत छन् ।

नेपाली श्रमिकहरुलाई संयमित हुन् त्यहाँस्थित नेपाली दूतावासको आग्रह गरेको छ ।

दूतावासले शनिबार साँझ एक विज्ञप्ति गर्दै कम्पनी व्यवस्थापन र कामदारबीच भएको विवादलाई समाधानार्थ नेपाली दूतावासले बहराइन सरकार, रोजगारदाता कम्पनी एवंम कार्यरत कामदारहरुबीच छलफल तथा वार्तापश्चात समस्या समाधानको प्रारम्भिक खाका सबै कामदार माझ बहराइन सरकारले राखेको र त्यसमा सबैको सहमति भएको भन्दै आन्दोलन नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ४० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको