एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह, १५ मिनेटका लागि बैठक स्थगित « Khabarhub

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह, १५ मिनेटका लागि बैठक स्थगित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सिर्जना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।

सभामुख सापकोटाले आफ्नो अधिकारको पालना गर्दा अरुको अधिकार उल्लंघन गर्न नहुने विश्वव्यापी मान्यता रहेको भन्दै अन्य सांसदहरुको अधिकार संकुचित नगर्न आग्रह गरेका छन् ।

उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ४८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय