प्रेरक: अब्राहम लिंकनले प्रधानअध्यापकलाई लेखेको चिठ्ठी– मेरो छोराले के सिकोस् ? « Khabarhub

प्रेरक: अब्राहम लिंकनले प्रधानअध्यापकलाई लेखेको चिठ्ठी– मेरो छोराले के सिकोस् ?


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

श्रीमान् प्रधानाध्यापक,

मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने निष्ठावान् समर्पित नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् ।

उसलाई यो कुरा बुझाउन समय त लाग्ला नै, तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सितैमा पाएको पाँच डलरभन्दा मूल्यवान् हुन्छ भन्ने बुझाइदिनुहोला ।

उसले विजय र पराजय, सम्मान र अपमान के हो भन्ने राम्ररी बुझोस् । उसलाई आकाशमा उडिरहेका चरा, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरी र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न केही समय छुट्याइदिनुहोला ।

मेरो छोरा जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झर्नु लाजमर्दो होइन भनिदिनोस् ।

ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । कुनै पनि उद्देश्य जायज छ भने जस्तोसुकै विरोधको आँधीबेहरी सहन तयार भएर जिउज्यानका साथ लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न साहस र दृढ इच्छाशक्तिको विकास गरिदिनोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस्, तर उसले कसैको टाउकोमा चाहिँ नटेकोस् ।

सम्झनुहोस्, आगोको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।

अब्राहम लिंकन, ह्वाइट हाउस, वासिंगटन ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : २३ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको