प्रेरक: अब्राहम लिंकनले प्रधानअध्यापकलाई लेखेको चिठ्ठी– मेरो छोराले के सिकोस् ? « Khabarhub

प्रेरक: अब्राहम लिंकनले प्रधानअध्यापकलाई लेखेको चिठ्ठी– मेरो छोराले के सिकोस् ?


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

श्रीमान् प्रधानाध्यापक,

मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने निष्ठावान् समर्पित नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् ।

उसलाई यो कुरा बुझाउन समय त लाग्ला नै, तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सितैमा पाएको पाँच डलरभन्दा मूल्यवान् हुन्छ भन्ने बुझाइदिनुहोला ।

उसले विजय र पराजय, सम्मान र अपमान के हो भन्ने राम्ररी बुझोस् । उसलाई आकाशमा उडिरहेका चरा, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरी र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न केही समय छुट्याइदिनुहोला ।

मेरो छोरा जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झर्नु लाजमर्दो होइन भनिदिनोस् ।

ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । कुनै पनि उद्देश्य जायज छ भने जस्तोसुकै विरोधको आँधीबेहरी सहन तयार भएर जिउज्यानका साथ लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न साहस र दृढ इच्छाशक्तिको विकास गरिदिनोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस्, तर उसले कसैको टाउकोमा चाहिँ नटेकोस् ।

सम्झनुहोस्, आगोको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।

अब्राहम लिंकन, ह्वाइट हाउस, वासिंगटन ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : २३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना