कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित) « Khabarhub

कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशका १६५ निर्वाचन क्षेत्रबाट ४१२५ जना प्रतिनिधिले भाग लिनेछन् । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समानुपातिक समावेशी समूहबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुबारेसमेत टुंगो लागेको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालका अनुसार कुल प्रतिनिधिमध्ये ६० प्रतिशत खुल्ला प्रस्प्रिर्धाबाट चयन हुनेछन् भने ४० प्रतिशत समानुपातिक समावेशी कोटाबाट चयन हुनेछन् । खुला प्रतिस्पर्धाबाट २४७५ जना र समानुपातिक कोटाबाट १६५० जना प्रतिनिधि चयन हुनेछन् ।

समानुपातिक कोटाको पनि प्रतिशत टुंगो लगाइएको छ । डा. रिजालका अनुसार आदिवासीबाट ४९८ (३०.२ प्रतिशत) जना, मधेहीबाट २२७ (१३.८ प्रतिशत) , दलितबाट २३२ (१४.१ प्रतिशत), थारुबाट ९४ (५.७ प्रतिशत), मुस्लिमबाट ७२ (४.४ प्रतिशत) र खश आर्यबाट ५२७ (३१.९ प्रतिशत) जना प्रतिनिधि चयन हुनेछन् ।

यस्तै १३०४ जना (३१.६ प्रतिशत) महिलाले महाधिवेशनमा भाग लिने छ । खुल्ला महिलाबाट ६६० र समानुपातिक कोटाबाट ६४४ जना महिला प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति तथा भातृ संस्थाबाटसमेत महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले त्यो संख्याबारे भने टुंगो लागेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्