अघिल्लो सरकारले ल्याएका अनावश्यक कार्यक्रम कटौती गरिएको हो : अर्थमन्त्री शर्मा « Khabarhub

अघिल्लो सरकारले ल्याएका अनावश्यक कार्यक्रम कटौती गरिएको हो : अर्थमन्त्री शर्मा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पूर्व सरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको स्पष्ट पारेका छ । आइतबार बजेटका बिषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको बताए ।

उनले आवश्यकताका केही कार्यक्रम बाहेक पुरानै बजेटको कार्यक्रम निरन्तरता दिएको तथा स्वदेशी उद्योगलाई संरक्षण गर्नेगरी केही करको दर हेरफेर गरेको जानकारी दिए । बजेट बितरणमुखी भएको भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री शर्माले राज्यको दायित्व पूरा गर्दै दीर्घरोगी तथा राजनीतिक आन्दोलनका योद्धाहरुलाई सहयोग गर्न मात्र खोजेको तर्क गरे ।

अब हरेक महिना १० प्रतिशत पूँजिगत खर्च गर्ने भन्दै उनले पूँजिगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि जानकारी दिए ।

विद्युत आपूर्ति लोड व्यवस्थापनका लागि अर्धजलाशय र जलाशययुक्त आयोजना नै आजको आवश्यकता भएकाले सरकारले यस्ता आयोजनामा कर छुट दिएर बिदेशी लगानी आकर्षित गर्ने खोजेको बताए । आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धि दरलाई ७ प्रतिशतमा पुर्‍याउने दाबी गरे । करको दायरालाई पनि विस्तार गर्ने, देशमा उत्पादनमुलक कार्य गर्न उद्योग सञ्चालन गर्नुपर्ने भन्दै कच्चा पदार्थमा आधारित उद्योगहरुलाई छुट दिइने बताए ।

अर्थमन्त्री शर्माले सरकारले अब बिद्युतीय सवारी साधनलाई नै प्राथमिकता दिएको र अब देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने बताए । शेयर बजारका बिषयमा उनले ४२ लाख जनताको लगानीको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफुहरु गम्भीर रहेको धारणा राखे ।

अर्थमन्त्री शर्माले शुक्रबार १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ५९ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक