४१औँ विश्व खाद्य दिवस : महिनाव्यापी मनाइँदै, संघीयदेखि प्रदेशसम्म कार्यक्रम « Khabarhub

४१औँ विश्व खाद्य दिवस : महिनाव्यापी मनाइँदै, संघीयदेखि प्रदेशसम्म कार्यक्रम


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षीतर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताएका छन् ।

नेपालमा मनाइने महिनाव्यापी ४१औँ विश्व खाद्य दिवसमा आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले स्वस्थ्य खानाका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भने, ‘विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्छ ।’

देशमा कृषि संभावना भएको क्षेत्र भएकाले यसमा आकर्षण बढाउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने र यसमा संचार क्षेत्रको मुख्य भूमिका रहनुपर्ने उनको भनाइ थियो । कृषि क्षेत्रलाई सुधार गर्नका लागि सबैले निष्ठा र इमान्दारीपूर्वक काम गर्नुपर्ने उनको धारणा थियो ।

‘खानाको लागि खेतीपाती: हाम्रो साझा संकल्प’ भन्ने नाराका साथ नेपालमा महिनाव्यापी कार्यक्रम मनाउन लागिएको हो । कार्यक्रममा विश्व खाद्य दिवस सफल बनाउनका लागि आवद्ध संस्थाहरूसँग विभागले पनि सहकार्य गर्न कृषि विभागका सचिव डा. महादेव पौडेलले प्रतिबद्धता जनाए ।

विश्वव्यापी रूपमा १६ अक्टोबरमा मनाइने गरेको विश्व खाद्य दिवस २४ असोजसम्म संचालन गर्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए ।

विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत बहसमा केन्द्रित हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको छ । बाग्मती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि अभ्यासका बारेमा र सुदूरपश्चिम प्रदेशमा कोरोना संकट र गाउँबासीहरूको बसाइँसराइका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्