गनञ्जय र सुस्मितालाई स्वर्ण « Khabarhub

गनञ्जय र सुस्मितालाई स्वर्ण


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गनञ्जय दाहाल र सुस्मिता खड्का १५औँ हरेराम जोशी स्मृति टेबल टेनिस प्रतियोगिताको सिङ्गल्समा च्याम्पियन बनेका छन् । गनञ्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भएका हुन् ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोस्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेस्रो भए । महिलामा निकिता कस्ती दोस्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेस्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र बज्राचार्य, किरण व्यञ्जनकार तथा इन्द्रशेखर खड्का र सरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोस्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने ।

महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोस्रो र सम्झना पोखरेल तेस्रो भए । अर्सना महर्जन तथा श्रेया शाक्य उदियमान खेलाडी चुनिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ५४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल