अनुसन्धानमूलक उच्च शिक्षामा जोड दिइनुपर्छ : राष्ट्रपति भण्डारी « Khabarhub

अनुसन्धानमूलक उच्च शिक्षामा जोड दिइनुपर्छ : राष्ट्रपति भण्डारी


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “विश्वविद्यालयले निरन्तर शैक्षिक जनशक्ति उत्पादन गरिरहेकै छन् । समाज र राष्ट्रको आवश्यकता पूरा गर्न त्यो जनशक्तिले कुनै न कुनै रूपमा योगदान गरिरहेकै छ । यद्यपि आवश्यकता र उत्पादनबीचमा सामञ्जस्यको अभाव पनि देखिँदै गएको छ ।”

राष्ट्रपति भवन शीतल निवासमा आज विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती हामी समक्ष उभिएको बताइन् । उनले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गरिन् ।

प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पु¥याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भनिन, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए । इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।”

उनले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी देखिन्छ भनिन् ।

सामाजिक आर्थिक विकास प्रक्रियालाई तीव्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देशप्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयले ठोस योगदान गर्न सक्ने उल्लेख गर्दै उनले यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

उनले भनिन्, “राज्यले शिक्षामा लगानी बढाउनुपर्छ भन्ने विषयमा आमसहमति नै भएको मलाई लाग्दछ । शिक्षामा लगानी बढाउनुभनेको युवामा लगानी बढाउनु हो । जसले भविष्यमा मुलुकको नेतृत्व र जिम्मेवारी बहन गर्नेछन् । त्यसैले राज्यले प्रत्येक वर्षको बजेट तर्जूमा गर्दा उच्च शिक्षा, अनुसन्धान तथा विकासमा पर्याप्त बजेट विनियोजन गर्नुपर्दछ ।”

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्