कोलकाता नाइट राइडर्स आईपीएलको क्वालिफायरमा « Khabarhub

कोलकाता नाइट राइडर्स आईपीएलको क्वालिफायरमा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाता क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

कोलकाताका सुनिल नारायनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ०५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष