कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण « Khabarhub

कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले यहाँ कार्यरत २० हजार नेपालीलाई स्वास्थ्य सामाग्री स्यानिटाइजर वितरण गरेको छ ।

कोरोना महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि र रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा नेपाली समुदायको लागि प्राप्त भएको स्यानिटाइजर कतारमा स्थापित नेपाली संघ संस्थाहरुमार्फत २० हजार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

नेपाली कामदारहरु बसोबास गर्ने स्थानहरुमै पुगी विभिन्न चरणमा उक्त स्यानिटाइजर वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

एनआरएनए कतारले यसघि पनि कोरोना महामारीको समयमा रोजगारी गुमाएर खानाको समस्या भोगिरहेका करिव ९ हजार भन्दाबढी नेपाली कामदारहरुलाई खाद्य सामग्री वितरण गरेको थियो ।

यस्तै एनआरएनएले कोरोना भाइरस कोभिड-१९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका पहिलो चरणमा ५५ जना तथा दोस्रो चरणमा ४ जना नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाईसकेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ०१ बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा