देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला « Khabarhub

देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मिथिला क्षेत्रमा नवनिर्मित देवी प्रतिमा आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् ।

मिथिलामा शारदीय नवरात्र (दशहारा, बडादसैँ) को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले खोस्रेर आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

बेलको भेट्नोले आँखा खोस्रेर उघारेपछि शास्त्रोक्त विधिले प्रतिमाको प्राणप्रतिष्ठा गरेपछि देवी साक्षात अवतरित हुने विश्वास गरिन्छ ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेसँगै पुरोहितले वैदिक मन्त्रोच्चारणबीच प्राणप्रतिष्ठा गराएपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ ।

आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गर्ने गरिएको कर्मकाण्डका ज्ञाता महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का बासिन्दा चन्द्रकान्त झा बताउँछन् ।

यसअघि हिजो षष्टी तिथिका दिन देवी प्रतिमाको आँखा उघार्ने प्रयोजनका लागि बस्तीमा रहेको बेलवृक्ष पुगेर एउटा बेलफललाई रातो रुमालले छोपेर बाँधी ‘बेलनौत’ विधि सम्पन्न गरिएको थियो । षष्टी तिथिमा बेलफल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ ।

‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् ।

देवी प्रतिमास्थल खुला गरिनुअघि आज एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि सोमबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको थियो ।

फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा पञ्चमीकै दिनदेखि भूतमेला सुरु भएको छ ।

अघि सत्ययुगमा दुर्गाभवानीले दमन गरेकी राक्षसी दुष्ट आत्मा र तिनका अनुयायीले दुःख दिएकाहरुको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउँछन् ।

महोत्तरीका देवी शक्तिपीठ सोनामाई, बर्दिबास नगरपालिका–४ माईस्थानस्थित पञ्चधुरा माई, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकीमाई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ ।

महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक बस्ती–बस्तीमा देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ । मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : १८ बजे

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि