‘पिउने बानी भो’मा प्रेम पीडा | Khabarhub Khabarhub

‘पिउने बानी भो’मा प्रेम पीडा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक तथा कलाकार विनोद केसीको शब्द, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको ‘पिउने बानी भो’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ ।

प्रेममा धोका पाएको एक प्रेमीले पिउने बानी बसाएपछि भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजघतानीले अभिनय गरेका छन् ।

एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाए पनि प्रेमिकालाई बिर्सन नसकेको प्रेमीको कथा छ । करण चैसिरको छायांकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ५० बजे

आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको हो : राष्ट्र बैंक 

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल

नेपालगन्ज– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको