दशैँका बेला सर्वाधिक बज्ने गीत « Khabarhub

दशैँका बेला सर्वाधिक बज्ने गीत


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन् । हरेक वर्ष दशैँ अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन् ।

दशैँका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन्। यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन्। बर्सेनि दशैँलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन्। दशैँका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ।

महान पर्व विजयादशमी अर्थात् बडादशैँमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दशैँको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन। करिब चार सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ। यहाँ दशैँ महसुस गराउने केही गीतसंगीतको चर्चा गरिँदैछ ।

दशैँ आयो

नेपाली फिल्म ‘मुग्लान’मा समावेश ‘दशैँ आयो’ गीतले घर आँगनमै दशैँ भित्रिएको अनुभूत गराउँछ। लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदितनारायण झा तथा दीपा झाले स्वर दिएका छन् । यसमा संगीत सुरेश अधिकारीको छ ।

रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर-परिवारको खुसियाली समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ। यो गीत घन्किन थालेपछि दशैँको अनुभूति हुने गरेको छ । आजभन्दा १८ वर्ष अगाडि तयार भएको गीतले डिजिटल पुस्तामाझ पनि यस गीतको उत्तिकै वर्चश्व छ ।

विछोडको पीडा

स्वरसम्राट नारायणगोपालको स्वर रहेको ‘विछोडको पीडा’ पनि दशैँमा बज्ने गीतमध्येको एक हो । नारायणगोपालसँगै दिलमाया खातीले स्वर भरेको यस गीतले दशैँमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ।

‘विछोडको पीडा नसकी खप्न दशैँको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ। यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए।

वर्षमा दिनमा लै लै

दशैँ-तिहारको उत्साह, उमंग र दु:खलाई प्रतिनिधित्व गर्ने यो गीतमध्येको एक हो सुगम पोखरेलको यो गीत । उनकै संगीत तथा स्वर रहेको गीतलाई रवि श्रेष्ठले लेखेका हुन् । परदेशीले घर-परिवारप्रति पोखेको वेदनासहितको यो गीतमा दशैँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ।

दशैँ नै हो कि यो मेरो दशा

दशैँको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दशैँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको यो गीतमा दशैँको उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । आयस्रोत कमजोर भएका मानिसहरूका लागि दशैँ दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ।

रातो टीका निधारमा

दशैँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ मा सबैभन्दा अगाडि आउँछ । यसमा दशैँको उत्साहलाई चित्रण गरिएको छ । दुई दशक अगाडि अशोक शर्माले निर्देशन गरेको अल्लारे चलचित्रमा समावेश गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य देख्न पाइन्छ । गीतलाई सहदेव ढुंगानाले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाको संगीत छ । उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् ।

यो गीतलाई अशोकले नै पुनः रि-क्रिएट गरेर आफ्नो फिल्म ‘रातो टीका निधारमा’ मा राखेका छन् । गीतको नयाँ भर्सनमा गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर दिएका छन् । नयाँ भर्सनको गीतमा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : २० बजे

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ