परिणीतिले सगरमाथाबाट सिकिन ‘नम्रताको पाठ’ « Khabarhub

परिणीतिले सगरमाथाबाट सिकिन ‘नम्रताको पाठ’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री परिणीति चोपडा दुई अभिनेता अनुपम खेर र बोमन इरानीसँगै यतिबेला नेपालमा छिन् । उनीहरु फिल्म ‘उचाइ’को छायांकनका लागि नेपाल आएका हुन् ।

यो फिल्मको टोली यतिबेला लुक्लामा छन् । परिणीतिले मंगलबार सगरमाथालाई पृष्ठभूमिमा राख्दै तस्वीर खिचाएकी छन् । उनले ती फेसबुक, ट्विटरमा राखेकी छन् । एक तस्वीरमा अभिनेता अनुपम खेर पनि देखिएका छन् ।

तस्वीरमा उनले ‘गुड मर्निङ, माउण्ट एभरेष्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौ’ लेखेकी छन् ।

यो फिल्ममा परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मका निर्देशक सुरज बडजात्या हुन् ।

चार साथीको साहसिक यात्रालाई प्रस्तुत गरिने फिल्ममा परिणीतिले नेपाली टुरिष्ट गाइडको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अमिताभ बच्चन र डेनी डेञ्जोङ्पाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला