परिणीतिले सगरमाथाबाट सिकिन ‘नम्रताको पाठ’ « Khabarhub

परिणीतिले सगरमाथाबाट सिकिन ‘नम्रताको पाठ’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री परिणीति चोपडा दुई अभिनेता अनुपम खेर र बोमन इरानीसँगै यतिबेला नेपालमा छिन् । उनीहरु फिल्म ‘उचाइ’को छायांकनका लागि नेपाल आएका हुन् ।

यो फिल्मको टोली यतिबेला लुक्लामा छन् । परिणीतिले मंगलबार सगरमाथालाई पृष्ठभूमिमा राख्दै तस्वीर खिचाएकी छन् । उनले ती फेसबुक, ट्विटरमा राखेकी छन् । एक तस्वीरमा अभिनेता अनुपम खेर पनि देखिएका छन् ।

तस्वीरमा उनले ‘गुड मर्निङ, माउण्ट एभरेष्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौ’ लेखेकी छन् ।

यो फिल्ममा परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मका निर्देशक सुरज बडजात्या हुन् ।

चार साथीको साहसिक यात्रालाई प्रस्तुत गरिने फिल्ममा परिणीतिले नेपाली टुरिष्ट गाइडको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अमिताभ बच्चन र डेनी डेञ्जोङ्पाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली