यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ « Khabarhub

यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा धेरै मानिसमा उमेर अगावै बुढ्यौली देखा पर्ने गरेको छ । यसमा गलत खानपान, अस्तव्यस्त जीवनशैली मुख्य कारक मानिन्छ । यस्तोमा कम उमेरमा नै बुढो नदेखिन केही बानीमा सुधार गर्नु पर्ने हुन्छ ।

क) पर्याप्त निन्द्रा
हरेक मानिसलाई न्यूनतम ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्दछ । पर्याप्त निन्द्रा नभए तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या आउन सक्छ । त्यसैले यो बानी सुधार्नु पर्दछ ।

ख) तनावमा नरहने
लगातार तनावमा रहँदा शरीरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरीरमा नराम्रो असर पार्दछ । यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ ।

ग) लामो समयसम्म बस्नु
लगातार घण्टौँसम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन । यस्तोमा मोटोपनाको सिकार हुन सकिन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर र समय अगावै बुढो देखाउँछ ।

घ) कम पानी पिउनु
दिनभरि ८ गिलाससम्म पानी पिउनु पर्दछ । जसले छाला रुखो हुन दिँदैन र चाउरी हुनबाट जोगाउँछ ।

ङ) नशाको लत
मानिसमा भएको रक्सी, गाँजा, चुरोट र लागूपदार्थको नशाले शरीरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ । यसले तनावलाई बढाउने गर्दछ र समय अगावै बुढो बनाउँछ ।

च) समयमा नखाँदा
बिहानको नास्ता, खाना वा समयमा खाना नखाँदा पनि थकान र कमजोरीको समस्या हुने गर्दछ । यसले छालामा नराम्रो असर पुर्‍याउने गर्दछ र समय पूर्व नै बुढो देखिन सक्छ ।

छ) अस्वस्थकर खाना
खानामा दूध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा मासु जस्ता खानेकुरा समावेश नगर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्दैन । मानिस उमेर अगावै बुढो देखिन्छ ।

ज) व्यायाम नगर्दा
दैनिक बिहान व्यायाम नगर्दा शरीर फिट हुँदैन । यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ । यस्तोमा समय पूर्व नै बुढ्यौलीले छुने गर्दछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ०० बजे

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी