मानसिक शक्ति, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालन गर्ने प्राणयाम | Khabarhub Khabarhub

मानसिक शक्ति, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालन गर्ने प्राणयाम


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ । प्राणायाम गर्न पलेटी कसेर बस्नुपर्छ । नाकबाट बिस्तारै बिस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई दोहोर्‍याउनु पर्दछ । यहाँ मानसिक शक्ति बढाउने, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालनाका लागि गर्ने प्राणायाम बारे चर्चा गरिएको छ ।

मानसिक शक्ति बढाउने प्राणायाम :

– दायाँ खुट्टाको कुर्कुच्चा, बायाँ खुट्टाको जाँघमाथि र बायाँ खुट्टाको कुर्कुच्चा मलद्वारमा राख्नुहोस् । त्यसपछि च्युडोलाई छातीमा टाँसेर राख्नुहोस् र आँखा बन्द गर्नुहोस् ।

– अब गहिरो तथा लामो श्वास तान्दै केहीबेर भित्रै रोकेर हावा बाहिर निकाल्नुहोस् ।

शरीरमा उष्णता बढाउने प्राणायाम :

– पहिले साधारण तरिकाले विस्तार–बिस्तारै पूरक तथा रेचक गर्नुहोस् । यस अभ्यासमा कुम्भकको आवश्यकता छैन ।

– त्यसपछि क्रमश: श्वासप्रश्वास क्रियालाई छिटो छिटो बढाउँदै जानुहोस् । जो फलाम बनाउने लोहारको पंखा जसरी चल्नु पर्दछ ।

ब्रह्मचर्य पालनका लागि प्राणायाम :

– बायाँ पाउको कुर्कुच्चा सीवन (मलद्वार र अण्डकोषको बिचको स्थान)मा राख्नुहोस् । यसो गर्दा दायाँ पाउको कुर्कुच्चा मुत्रेन्द्रियको माथि हुनु पर्दछ । यस क्रियामा सहजता कालागि नितम्ब मुनी पातलो तकिया लगाउन सकिन्छ ।

– अब जुन स्वर चलिरहेको छ, त्यसबाट श्वास तान्ने, अर्को प्वाललाई बन्द गर्ने ।

– केही समय कुम्बक गर्ने जुनबाट श्वास तानिएको थियो त्यस नातृलाई बुढि औलाले बन्द गरेर अर्कोबाट श्वास बाहिर निकाल्ने ।

– श्वास तान्ने समय मलद्वारलाई एकदम खुम्च्याउने (टाइट गर्ने) कुम्भकको समय त्यसलाई टाइट गरेरै रोकिरहने र रेचकको समयलाई लचिलो छोडिदिने ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ०६ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि