पत्याउनु हुन्छ ? तस्बिरमा देखिएको खानाको मूल्य ४ हजार १ सय १२ रुपैयाँ « Khabarhub

पत्याउनु हुन्छ ? तस्बिरमा देखिएको खानाको मूल्य ४ हजार १ सय १२ रुपैयाँ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपानको शोख राख्नेहरूलाई फुटपाथका ठेला पसलदेखि ५ तारे होटेलसम्मको खानाको मेन्यु र तिनका मूल्यबारे थाहा होला ।

ठुला होटेलमा खानाको मूल्य महँगो हुन्छ । तर अधिकांश खानाको मूल्य तपाई हामीले सोचे अनुसार कै हुन्छ । तर बेलायतकी एक महिला भने ५ तारे होटेलमा खाएको खानाको बिलका कारण आक्रोशित भइन् ।

बेलायत निवासी ती महिलाले सामाजिक सञ्जालमा खानाको तस्बिर शेयर गर्दै आफूमा भएको बेइमानीको उजागर गरेकी छन् । रबिना नामक महिला आफ्नो प्रेमीका साथमा बेलायतको ५ तारे होटेल ’द शार्ड’मा डेट गएको बेला खाना अर्डर गरे ।

उनीहरूले होटेलमा खाना अर्डर गरेका थिए । तर उनीहरूले खानामा केवल कुखुराको मासुको सानो टुक्रा, एक आलु र अलिकति ब्राउन सस पाए । जो खाना त खाजा भन्न समेत लायक थिएन । तर यसको मूल्य भने ३० यूरो अर्थात् करिब ४ हजार १ सय नेपाली रुपैयाँ पर्यो ।

प्लेटमा आएको खाना देखेपछि ती महिला रिसाइन् । उनले आफ्नो रिस पोख्न ट्विटरको सहारा लिँदै होटेलले आफूमाथि गरेको बेइमानीको उजागर गरिन् । उनले केही फ्राइजकोसमेत ५ यूरो अलग्गै तिरेको जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ३२ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७