बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता « Khabarhub

बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झाैतापत्रमा हस्ताक्षर गरे । फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बकाे बुद्ध मूर्ति राखिएको थियो ।

दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन् । सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईले बताए ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिशा निर्दिष्ट गर्ने बताए । कोर बुद्धिष्ट दर्शनलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसँग सहकार्य गर्न पाउदा खुसी लागेको भन्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले फाउन्डेसनले बुद्ध स्थलको प्रवद्र्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्वविद्यालयसँगको सहकार्यले थप टेवा पुग्ने बताए । विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्न सकिने उनले बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ३० बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार