प्रांगारिक मल प्रयोग गर्दा घट्ला रासायनिक मलको प्रयोग ? | Khabarhub Khabarhub

प्रांगारिक मल प्रयोग गर्दा घट्ला रासायनिक मलको प्रयोग ?


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ ।

किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर सहकारीले बिक्री वितरण गर्दै आएको छ । गाईको गोबर, वनको माटो, पिना, हड्डीको धुलो, गाईको गहुँत लगाएर यो मल बनाइने गरिएको आईपीएम कृषि सहकारी संस्थाकाहरू अध्यक्ष यामबहादुर राईले बताए । चार वर्षअघिबाट मलको उत्पादन सहकारीले सुरु गरेको उनले बताए ।

त्यसयता मलको माग बढ्दै गएको छ । सहकारीमा आवद्ध कृषकलाई यो मल दुई सय ५० रुपैयाँ प्रति बोरा पर्छ । सहकारीमा आवद्ध नभएकालाई भने प्रति बोरा ४०० दरले वितरण गरिँदै आएको अध्यक्ष राईले बताए । ‘यो मललाई प्रति बोरा १२५ रुपैयाँ लागत लाग्छ । बाहिर ४०० प्रति बोरामा वितरण गर्ने यो मल हाम्रो सहकारीमा अवद्ध कृषकलाई भने अनुदानमा २५० मा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यसको माग अत्याधिक छ । हामीलाई माग धान्न नै मुस्किल हुने गरेको छ । वर्षमा तीन पटकभन्दा धेरै मल बनाउँछौँ । एक पटकमा ४०० बोरासम्म बनाउन सकिन्छ ।’

यो मल उत्पादनक लागि ३५ दिन लाग्छ । मल उत्पादनले रासायनिक मल विस्थापनसँगै स्थानीयलाई रोजगारी पनि दिएको अध्यक्ष राई बताउँछन् । ‘रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै गएको छ । मानव स्वस्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्‍याउँछ । त्यसलाई विस्थापन गर्न हामीले मल उत्पादन थालेका हौँ’, उनले भने, ‘अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको छ । अरू बालीमा पुर्‍याउन सकेका छैनौँ । विस्तारै हाम्रो कृषकले प्रांगारिक मल मात्र प्रयोग गर्ने मनाउँछौँ । मल बनाउँदा स्थानीयले रोजगारी पनि पाएका छन् । उनीहरूलाई तालिम दिएका छौँ । वार्षिक १० जनाभन्दा धेरैले निरन्तर रोजगारी पाएका छन् । गाउँ घरमा खेर जाने कुहिने वस्तु मलमा प्रयोग भएको छ ।’

प्रांगारिक मल लगाउन थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय कृषक जानुका मगर बताउँछिन् । रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्रांगारिक मलको प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘रासायनिक मल लगाउँदा उत्पादन धेरै भएको जस्तो लाग्छ । तर, रासायनिक मलले हाम्रो जीवन सक्दै रहेछ । रासायनिक मल लगाएर उत्पादन भएको सागशब्जी र आलुमा आकाश जमिनको फरक छ । यसको स्वाद नै मीठो हुँदैन’. उनी भन्छिन्, ‘तर, प्रांगारिक मल लगाएपछि स्वाद पनि मीठो हुन थालेको छ । सागसब्जी पनि छिट्टो पाक्छ ।’

रासायनिक मलका लागि कृषकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रांगारिक मलले यो सबै समस्याको समाधान क्रमशः गर्दै आएको कमल-२ की कृषक सीतादेवी कट्टेलले बताइन् । ‘रासायनिक मल लगाउँदा साह्रै गाह्रो पर्छ । भनेको बेलामा मल पाउँदैन । लाइन बस्नुपर्छ’, उनी भन्छिन्, ‘तर, प्रांगारिक मलमा त्यो छैन । सहकारीले आफैँ उत्पादन गर्ने हो । भनेको बेलामा मल पाइन्छ । तर, एकैपटक रासायनिक मल पनि हटाउन नहुने रहेछ । अहिले पहिलाको भन्दा आधा लगाउँदै आएका छौँ । क्रमशः यो मललाई पूरै हटाउँछौँ । प्रांगारिक मल नै लगाउँछौँ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ४५ बजे

पुल भत्किँदा राजविराज-कञ्चनपुर सडक अवरुद्ध

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि

केपी ओली निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत सशस्त्र प्रहरी

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक सुरु भएको छ ।

पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा

ढोरपाटन– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित