अविरल वर्षाले धानबालीमा क्षति « Khabarhub

अविरल वर्षाले धानबालीमा क्षति


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्‍याएकाे छ ।

पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा  धान बाली सप्रिएको थियो ।

उनका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पुर्‍याएकाे हो ।  पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।

वडासदस्य यादवले भने,‘पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँछन् । बाढीले खेतमै धान सड्छ धान काट्न पाउँदैनन् । यस वर्ष धान काट्न पाइन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो ।  केही प्रजातिका धान फलिरहेको थियो ।  अहिले धान काट्ने बेला बाढी आएर हामीलाई बर्बाद बनायो ।’

बाढीले सरावलमा ७०० बढी बिघामा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारी दिए ।

सरावल–६ मधवलीयाका किसान घनश्याम चौधरीले डेढ बिघामा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रुपैयाँ बराबर नोक्सान भएको जानकारी दिए । 

जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा. रविन्द्र नाथ चौबेले जानकारी दिए । उनका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पुर्‍याएकाे हो । (रासस)

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ०१ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न