अविरल वर्षाले धानबालीमा क्षति « Khabarhub

अविरल वर्षाले धानबालीमा क्षति


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्‍याएकाे छ ।

पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा  धान बाली सप्रिएको थियो ।

उनका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पुर्‍याएकाे हो ।  पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।

वडासदस्य यादवले भने,‘पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँछन् । बाढीले खेतमै धान सड्छ धान काट्न पाउँदैनन् । यस वर्ष धान काट्न पाइन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो ।  केही प्रजातिका धान फलिरहेको थियो ।  अहिले धान काट्ने बेला बाढी आएर हामीलाई बर्बाद बनायो ।’

बाढीले सरावलमा ७०० बढी बिघामा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारी दिए ।

सरावल–६ मधवलीयाका किसान घनश्याम चौधरीले डेढ बिघामा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रुपैयाँ बराबर नोक्सान भएको जानकारी दिए । 

जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा. रविन्द्र नाथ चौबेले जानकारी दिए । उनका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पुर्‍याएकाे हो । (रासस)

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ०१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व