प्रधानन्यायाधीशले घरबाटै गठन गरे इजलास, आठ इजलासलाई २२३ मुद्दा « Khabarhub

प्रधानन्यायाधीशले घरबाटै गठन गरे इजलास, आठ इजलासलाई २२३ मुद्दा


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् ।

राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् ।

तर, जबराले भने बालुवाटास्थित प्रधानन्यायाधीश निवासबाटै आठवटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गरेका छन्।

जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : १७ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक