सर्वोच्च परिसरका सुरक्षाकर्मी हटाइए « Khabarhub

सर्वोच्च परिसरका सुरक्षाकर्मी हटाइए


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलन भएको क्षेत्रमा परिचालित सुरक्षाकर्मी हटाइएको छ ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले दिएको जानकारी अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वोच्च परिसरमा खटाइएका सुरक्षाकर्मी हटाउन आग्रह गरेपछि त्यहाँ परिचालित सुरक्षाकर्मी हटाइएको हो ।

पौडेलले भने, ‘मैले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर यहाँ बल प्रयोग नगर्न र यहाँ भएका सुरक्षाकर्मी हटाउन आग्रह गरेको थिएँ । सोही आग्रह बमोजिम यहाँका सुरक्षाकर्मी हटाइएका छन् ।’

यसअघि नेपाल बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको थिए ।

प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले बताएका थिए ।

पौडेलले शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ४२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।