भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी « Khabarhub

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् ।

उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी रहेको उल्लेख गरेकी छन् ।

प्रीतिले भारतीय दण्ड संहिता(आईपीसी)को धाराहरु ५०४, ५०५ र १२४ए अनुसार कारवाही हुनुपर्ने माग राखेकी छन् ।

यसअघि भारतीय जनता पाटीका सांसद वरुण गान्धीले कंगनाको भनाईको निन्दा गरेका थिए । ‘यो एक किसिमको देशद्रोह र यस्तो वयान दिने व्यक्तिलाई कडा कारवाही हुनुपर्छ । यस्तो नगर्नु ती सबै व्यक्तिका लागि विश्वासघात हुनेछ, जसले स्वतन्त्रत भारतका लागि रगत बगाएका छन् । मानिसहरु हाम्रो स्वतन्त्रता आन्दोलनका गरिएको बलिदानीलाई कहिल्यै भुल्न सक्दैनन् । यो आन्दोलनमा लाखौंको ज्यान गएको थियो । कति परिवार सकिएका थिए । यस किसिमको भनाईलाई माफ गर्नुहुँदैन’, उनले भनेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : ४३ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन