हाँडी गाउँमा होम स्टेः सञ्चालकलाई आधारभूत तालिम सुरु « Khabarhub

हाँडी गाउँमा होम स्टेः सञ्चालकलाई आधारभूत तालिम सुरु


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् ।

हाँडीगाउँमा अहिले पहिचान गरिएका ११ घरसहित तालिममा ३० जना सहभागी हुनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले तालिमको आयोजना गरेको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरको सहयोग रहने धारणा राखिन् ।

‘घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउँछ’ उनले भनिन्, ‘काठमाडौँको मौलिक खाना, काठमाडौँबासीको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटन प्रबर्धनका सम्पत्ति हुन् ।’

वडा ५ वाट थालिएको कार्यक्रम र यसको सिकाई भित्री सहरी क्षेत्रमा विस्तार गर्न सकिने उनको भनाइ छ ।

काठमाडौँको सर्वाङ्गीण विकास गर्न घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम रहेको उनको बुझाइ छ । हााँडीगाउँमा भद्रावास, मनमानेश्वरी, मानदेवको कैलाशकुट भवन, २३ प्रकारका स्थानीय बाजा, वार्षिक १३ वटा जात्रा पर्व छन् ।

हाँडीगाउँको चाखलाग्दो विकास क्रम र ऐतिहासिक कथा छ । घरबास पर्यटनको सम्भावनाका विषयमा वडा सदस्य उत्तम शर्मा भन्छन्, ‘व्यवस्थित कार्यक्रम सञ्चालन योजना बनाउँदैछौँ । हामी दिगो पर्यटनका लागि प्रयासरत छौँ ।’

तालिम संयोजक घनश्याम ढकालकाअनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्धन र बजारीकरण, पर्यटन प्रबर्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टे सम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ ।

यसैगरी सफल होम स्टेका व्यवसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार, स्थानीइ पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ ।

प्रयोगात्मक कक्षामा पाक शिक्षाअन्तर्गत स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयमा सीप सिकाइनेछ ।

हाडीगाउँमा ११ वटा होम स्टे छन् । एउटा घरमा ४ वटासम्म कोठा प्रयोग गर्न सकिन्छ । हाँडीगाउँ सामुदायिक घरबास समितिकी अध्यक्ष शकुन्तता घिमिरेकाअनुसार एक दिनमा हाँडीगाउँ होमस्टेले करीब १ सय ५० पाहुनालाई व्यवस्थापन गर्ने सक्ने क्षमता राख्छ ।

बसाइको शुल्क भने प्याकेजका आधारमा तय गरिएको छ । एक दिन मात्र बस्न सक्ने व्यवस्था पनि छ । ०७५ सालबाट थालिएको होम स्टे कोविडका कारण सुस्ताएको थियो । कोविडको असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : १५ बजे

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको