तरलता अभावको समस्या तत्काल समाधान गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह « Khabarhub

तरलता अभावको समस्या तत्काल समाधान गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

‘दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ’, उनले भने ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेकाले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न हुन सक्ने चेतावनी दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन अझै निकै समस्या आउने देखिन्छ, यो समस्यालाई समाधान गर्ने गरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई तुरुन्त कदम चाल्न म आग्रह गर्दछु, अब नयाँ मौद्रिक नीति आउँदा यो समस्यालाई सम्बोधन गर्ने गरी नीति आउनु आवश्यक छ ।’

उनले यो समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ढकालले यस वर्ष बजेट ल्याउन ढिला हुँदा सरकारी खर्च कम भएको र विप्रेषणको आप्रवाह पनि घट्न पुगेको भन्दै यसले बजारमा तरलता अभाव देखिएको स्पष्ट गरे ।

उनले स्थानीयस्तरमा बजार अनुगमन होस् या अन्य व्यावसायिक गतिविधिका लागि स्थानीय सरकारहरुले निजी क्षेत्रको समन्वयमा काम गर्न सक्दा मुलुकको निजी क्षेत्र र सरकारका लागि पनि राम्रो हुने बताए ।

सरकारदेखि जिल्ला प्रशासन कार्यालयसम्मले गर्ने लकडाउन, निषेधाज्ञा र अनुगमनमा निजी क्षेत्रलाई बेवास्ता गरेर गतिविधि गरेको पाइएको भन्दै उनले त्यस्ता गतिविधि गर्दा निजी क्षेत्र र सङ्घको सहयोग लिएर गर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ४५ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक