ओलीले नेपालमा 'डेमोक्रेसी' ढाल्न खोजे : सभामुख सापकोटा | Khabarhub Khabarhub

ओलीले नेपालमा ‘डेमोक्रेसी’ ढाल्न खोजे : सभामुख सापकोटा


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-  सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् ।

काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।

‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने,  ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।

उनले ५ पुस (प्रतिनिधिसभा विघटन)देखि २८ असार (दोस्रोपटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको छ’, उनले भने, ‘भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे । ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’

लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । ‘संसद सबैभन्दा प्रभावकारी र शक्तिशाली निकाय हुनुपर्छ । सबैको जन्म संसदबाट हुन्छ । प्रम, राष्ट्रपति, सभामुख, राष्ट्रिसभा अध्यक्षको जन्म हुन्छ । लोकतन्त्र जीवन्त राख्ने महत्वपुर्ण निकाय हो । यो लोकतन्त्रको अभ्यास हो । राम्रो अभ्यास गरे सफल हुन्छ ’, उनले भने ।

सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए ।  कार्यान्वनयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ५० बजे

कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

काठमाडौं– अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन,

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न