ओलीले नेपालमा ‘डेमोक्रेसी’ ढाल्न खोजे : सभामुख सापकोटा « Khabarhub

ओलीले नेपालमा ‘डेमोक्रेसी’ ढाल्न खोजे : सभामुख सापकोटा


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-  सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् ।

काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।

‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने,  ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।

उनले ५ पुस (प्रतिनिधिसभा विघटन)देखि २८ असार (दोस्रोपटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको छ’, उनले भने, ‘भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे । ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’

लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । ‘संसद सबैभन्दा प्रभावकारी र शक्तिशाली निकाय हुनुपर्छ । सबैको जन्म संसदबाट हुन्छ । प्रम, राष्ट्रपति, सभामुख, राष्ट्रिसभा अध्यक्षको जन्म हुन्छ । लोकतन्त्र जीवन्त राख्ने महत्वपुर्ण निकाय हो । यो लोकतन्त्रको अभ्यास हो । राम्रो अभ्यास गरे सफल हुन्छ ’, उनले भने ।

सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए ।  कार्यान्वनयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ५० बजे

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका