मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलन हुने « Khabarhub

मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलन हुने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम सम्पत्र भएको छ ।

जनताको घर दैलोमा सेवा पुर्‍याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने भनिएको छ । यसअघि मोरङको रङ्गेली नगरपालिका र धनपाल थान गाउँपालिकामा सो कार्य सम्पत्र भइसकेको छ । सरकारले यसवर्ष मोरङमा लगभग ४३ हजार नागरिकको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

नेपाली नागरिकताभन्दा पनि महत्वपूर्ण मानिएको राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्र, सम्पत्तिको कारोबार, नागरिकको परिचय, मतदाता नामावली, सामाजिक सुरक्षा, बैकिङ्ग तथा वित्तीय संस्थामा सेवा लिन उपयोग हुनुका साथै अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्त्तिगत घटना दर्ता, राजस्व सङ्कलन, राहदानी प्राप्ति र युटिलिटी सेवा, सुशासन तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा निकै उपयोगी हुने परिचयपत्रमा खटिएका कर्मचारी योगेश पराजुलीले जानकारी दिए ।

उनले २०७५ सालदेखि लागु भएको यो व्यवस्थाअनुसार ७७ जिल्लाका नेपाली नागरिकता भएका नागरिकलाई यो परिचयपत्र वितरण गर्ने सरकारको योजनाअनुसार हालसम्म १७ वटा जिल्लामा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पत्र भइसकेको छ । यसवर्ष १६ वटा जिल्लाबाट ७० लाख नागरिकको विवरण सङ्कलन गर्ने कार्य चालु अवस्थामा रहेको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रको यो महत्वपूर्ण कार्यमा सबै जनप्रतिनिधिले सहयोग गर्नु पर्ने भन्दै छरिएर रहेका अभिलेखलाई एकीकृत गर्न राष्ट्रिय परिचयपत्रले ठूलो भूमिका निर्वाह गर्ने जनाए ।

सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले राष्ट्रको यो अभियानमा सहयोग गर्ने बताए । उपप्रमुख मञ्जुकुमारी राईले नेपाली नागरिकताभन्दा पनि बहुउपयोगी यो परिचयपत्र सरकारले छिट्टै वितरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : १५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन