२० वर्षपछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ « Khabarhub

२० वर्षपछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले लमजुङको राईनास नगरपालिका-४ बस्ने वर्ष ४१ का चन्द्रप्रसाद पराजुलीलाई पक्राउ गरेको हो । १ मंसिर २०५८ मा पराजुलीले आफ्नै बुबा वर्ष ५५ का खगेश्वर पराजुलीलाई बन्चरो प्रहार गरी गोवर ग्यासको सेफ्टी ट्याङ्कीमा फाली फरार रहेका थिए ।

प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट २२ कात्तिक सोमबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

पक्राउ परेका पराजुलीलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसहित जिल्ला अदालत लमजुङमा पेस गरी पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ०१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं