इन्धनको मूल्यबृद्धि फिर्ता लिन आयल निगमलाई दबाब (भिडियोसहित) « Khabarhub

इन्धनको मूल्यबृद्धि फिर्ता लिन आयल निगमलाई दबाब (भिडियोसहित)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्धनको मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई सरोकारवालाले दबाब दिएका छन् । तर तत्काल  मूल्यवृद्धि फिर्ता गर्न नसकिने निगमले स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताए । प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने जिकिर गरे । उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे  ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिए

अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् ।  अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने उनले बताइन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : १५ बजे

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन