इन्धनको मूल्यबृद्धि फिर्ता लिन आयल निगमलाई दबाब (भिडियोसहित) « Khabarhub

इन्धनको मूल्यबृद्धि फिर्ता लिन आयल निगमलाई दबाब (भिडियोसहित)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्धनको मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई सरोकारवालाले दबाब दिएका छन् । तर तत्काल  मूल्यवृद्धि फिर्ता गर्न नसकिने निगमले स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताए । प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने जिकिर गरे । उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे  ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिए

अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् ।  अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने उनले बताइन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : १५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन